नियम ४९
नाबालक बहुला इत्यादिको नाममा नामसारीको रजिष्टर गर्न नहुने
कुनै नाबालक वा बहुलाएको व्यक्तिको नाममा कुनै शेयरको नामसारी गर्न हुँदैन ।
तर कुनै नाबालक वा बहुलाएको व्यक्तिको शेयरहोल्डरको अभिभावक वा कुनै शेयरहोल्डर मरेमा वा टाट उल्टेमा वा ऋण तिर्न नसकी साहुको दामासाहीमा परेमा सो वापत निजको नाममा रहेको शेयरमा हक पुग्ने व्यक्तिले त्यस्तो शेयरको प्रमाणपत्र र आफ्नो हक पुग्ने प्रमाणपत्र समितिलाई चित्त बुझ्ने गरी पेश गरेमा आवश्यकता अनुसार त्यस्तो
व्यक्तिको नाममा त्यस्तो शेयर रजिष्टर गरी दिन सक्नेछ ।